arrow

हरेक मिनेट एक करोड साठी लाख बढी कमाई हुन्छ अम्बानी परिवारको

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
mukesh-ambani.jpg

काठमाडौं । हामीलाई एक मिनेट केही होइन जस्तो लाग्छ । त्यो समय त हामी हेर्दाहेर्दै गुमाइदिन्छौं । तर त्यही एक मिनेटमा कसैले भने एक करोड ६० लाख बढीको कमाइ गर्छन् भन्दा अचम्म लाग्न सक्छ । 

भारतका सबैभन्दा धनी कारोबारी मुकेश अम्बानी र उनको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका लागि भने त्यो एक मिनेटको अर्थ धेरै छ । अम्बानी र उनको कम्पनीको एक मिनेटको कमाई १ करोड १ लाख भारु अर्थात् १ करोड ६१ लाख ६० हजार नेपाली रुपैयाँ छ । 

अम्बानी परिवारसँग ८१.१ अर्ब डलरको सम्पत्ति छ । यो परिवार विश्वकै पाँचौं धनी परिवार हो । इ–कमर्श कम्पनी वालमार्टका सहसंस्थापक वाल्टनको परिवार २१५ अर्ब डलर सम्पत्तिसहित शीर्ष स्थानमा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ