अफगान -तालिबान गम्भीर सङ्घर्षका बेला अमेरिकी सेना प्रमुख भारतमा
अमेरिकी सेना प्रमुख भारतमा, भारतीय सेना प्रमुखसँग आपसी चासोको बारेमा छलफल
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
685
Shares
आइएनएन । अफगान -तालिबान गम्भीर सङ्घर्षका बेला अमेरिकी सेना प्रमुख भारतमा आइपुगेका छन्। अमेरिकी सेना प्रमुख जेम्स सी म्याकोभनभिल बुधबार भारत आइपुगेका हुन्।
भारत अमेरिका रक्षा सम्बन्ध विगत केही वर्षहरूमा प्रगाढ बन्दै गएको छ। अमेरिकाले अफगानिस्तानको भावी राजनीतिक र सुरक्षा परिस्थितिमा नयाँ दिल्लीको सक्रिय भूमिकाको समर्थन गरेको छ।
आफ्नो दुई दिने भ्रमणको क्रममा उनले भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेसँग भेट गरेका छन्। उनी बिहीबार भारतबाट फर्कनेछन् ।
उनीहरूको वार्ता द्विपक्षीय सैन्य सहयोगमा केन्द्रित थियो। उनीहरूले विकसित हुँदै गएको क्षेत्रीय सुरक्षा परिदृश्यलाई ध्यानमा राखी विशिष्ट क्षेत्रमा दुई सेनाहरू बिच सहयोग विस्तार गर्ने तरिकाहरूबारे पनि छलफल गरेका थिए।
सन् २०२० अक्टोबर महिनामा भारत र अमेरिकाले रणनीतिक सम्बन्धको लागी चार आधारभूत सम्झौताहरू मध्ये अन्तिम मानिने आधारभूत आदानप्रदान र सहयोग सम्झौता हस्ताक्षर गरेका थिए। यस सम्झौता अनुरूप दुवै देशका सेनाले विस्तारित भू -स्थानिक जानकारी आदान प्रदान गर्न सक्नेछन्।