arrow

बन्धक कोठाबाट शौचालयको चप्पल लगाएर भागें : विमला खत्री

logo
नारायण वली,
प्रकाशित २०७८ साउन २१ बिहिबार
bimala-khatri-oli.jpg

रुपन्देही । केही दिन यता सम्पर्क विहीन भएर निकै चासोको विषय बनेकी लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्रीले बन्धक कोठाबाट शौचालयको चप्पल लगाएर भागेको बताएकी छिन् । खत्रीले साउन १५ गते देखि २० गते सम्म आफूलाई मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा बन्धक बनाएर राखेको बताएकी हुन् । 

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद खत्रीले आफूलाई साउन १५  गते देखि २० गते सम्म मुख्यमन्त्री पोख्रेलको निवासमा बन्धक बनाएर राखेको घटना सार्वजनिक गरेकी छिन् ।पत्रकार सम्मेलनमा उनले भनिन्, बन्धक कोठा भित्र नेकपा एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ गते विज्ञप्ति जारी गरिएको कर्तुत सुनाइन्।

आफूलाई भूमिगत रूपमा बुटवल पुर्‍याएको सुनाउँदै पनले भनिन्, साउन १५ गते नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मान बहादुर राउत तुलसीपुर स्थित आफ्नो घरमा पुगेको र उनीहरूले एमालेमा आउन दबाब दिएको भन्दै, आफूले नमानेको  बताइन् ।

'सो क्रममा आफू उपचारका लागि नेपालगन्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले भन्नुभयो, हामी पनि नेपालगन्ज जाने हो, सँगै जाऔँ’ भनेपछि नेताहरूलाई विश्वास गरेर गाडीमा बसे । तुलसीपुरबाट अमिलिया आएपछि पश्चिम तिर नेपालगन्ज  जानु पर्नेमा गाडी पूर्व बुटवल तर्फ मोडिएपछि, मैले भने यो के गर्नु भएको ? म त नेपालगन्ज जाने हो भन्दै प्रतिवाद गरे तर, सुनुवाइ भएन । त्यसपछि उहाँहरूले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी, बुटवल स्थित मुख्यमन्त्री निवासमा ल्याउनुभयो ।'

मुख्यमन्त्री पोखरेलले पहिलेको गल्ती भयो, स्विकार्दै, आगामी दिन गल्ती नहुने प्रतिबद्धता जनाएको र  एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य खत्रीले स्पष्ट पारिन् ।  आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको  पनि बताएकी छन् ।

No description available.

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ