- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २३ भदौपछि काँग्रेसको वर्तमान केन्द्रीय कार्यसमिति अवैध हुने दाबी गरेका छन् । बिहीबार पूर्व महामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा भएको आफू पक्षीय नेताहरूको बैठकपछि पौडेलले संविधान अनुसार २३ भदौसम्म मात्रै वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि वैधानिकता सकिने दाबी गरेका हुन् ।
‘संविधान अनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनै पर्छ, नगर्ने हो भने २३ भदौपछि वडादेखि केन्द्रीय तहसम्मको कार्यसमितिको वैधानिकता रहन्न,’ पौडेलले सञ्चारकर्मीहरूसँग भने ।
काँग्रेस भित्र अहिले महाधिवेशनको विषय क्रियाशील सदस्यतामा आएर अड्किएको छ । काँग्रेसमा पुराना क्रियाशील सदस्यताको विषय टुङ्गिए पनि नयाँका हकमा भने ६ जिल्लामा धेरै विवाद देखिएको छ । बारा र सप्तरीमा भने जिल्ला भर विवाद छ । यस्तै धनुषा, सर्लाही, सिन्धुपाल्चोक र रसुवामा पनि विवाद छ ।
पौडेल पक्षले ती जिल्लाहरूमा विवाद कायम रहे पुरानै १३औँ महाधिवेशनकै सदस्यहरूबाट भए पनि अधिवेशन अघि बढाउनु पर्ने बताउँदै आइरहेको छ । सो विषयमा बुधबार नेता पौडेलसहितका उनी पक्षीय नेताहरूले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षणसमेत गराएका थिए ।
बिहीबारको छलफलमा भने पौडेलसहित महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री सिंह, नेताहरू अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसी सहभागी थिए ।