arrow

धारा ३७० को खारेजीपछि जम्मु र कश्मीरमा आतङ्कवादी घटनामा कमी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २१ बिहिबार
jambu-kasmir.jpg

आइएनएन । सन् २०१९ मा धारा ३७० को खारेजी र जम्मु कश्मीर सङ्घ शासित प्रदेश बनेपछि यस क्षेत्रमा आतङ्कवादी घटनामा कमी आएको छ। २०१९ को तुलनामा सन् २०२० मा आतङ्कवाद घटनामा ५९ प्रतिशत ले कमी आएको छ। सन् २०२० को जून महिनाको तुलनामा सन् २०२१ जून महिना सम्म ३२ प्रतिशतले सो घटनामा कमी आएको छ।

गत साता राज्यसभामा आधिकारिक तथ्याङ्क प्रदान गर्दै भारतीय केन्द्रीय गृह राज्य राज्यमन्त्री नित्यानन्द राईले सरकारले आतङ्कवाद प्रति शून्य सहिष्णुताको नीति अपनाएको बताएका छन्।

यस सम्बन्धमा लिइएका उपायहरूमा सुरक्षा उपकरणको सुदृढीकरण, राष्ट्र विरोधी तत्त्वहरूको विरुद्ध कडा कानुनको कार्यान्वयन, आतङ्कवादी सङ्गठनहरू द्वारा उत्पन्न चुनौतीहरूलाई प्रभावकारी रूपले सम्बोधन गर्न खोजी अभियानलाई तीव्रता दिने लगायत समावेश छन्।

आतङ्ककारीहरूलाई सहयोग पुर्‍याउने र उनीहरूलाई समर्थन दिने व्यक्तिहरू माथि पनि सुरक्षा बलले कडा नजर राखेको राईले बताएका छन्। सरकारले युवाहरूलाई मुख्य धारा नीतिमा समावेश गर्न निरन्तर प्रयास गरिरहेको र युवालाई उग्रवाद बाट टाढा राख्न रोजगारी को अवसर प्रदान गर्न पनि प्रयास गरिरहेको उनले उल्लेख गरेका छन्।

आतङ्कवाद विरुद्ध सशस्त्र बल (सीआई) बढाउन, आन्तरिक सुरक्षालाई सुदृढ पार्न र कानुन र सुव्यवस्था कायम गर्न जम्मू कश्मीरमा सशस्त्र फौजहरूको पर्याप्त बल परिचालन गरिएको छ।

केन्द्र शासित प्रदेश जम्मू कश्मीर मा पसल र व्यावसायिक प्रतिष्ठान, सार्वजनिक यातायात, सरकारी कार्यालय, शैक्षिक र स्वास्थ्य संस्थाहरू आदि निर्बाध रूपमा सञ्चालन भइरहेको पनि मन्त्रीले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ