arrow

बङ्गलादेशमा कोरोनाका कारण अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु

logo
रासस-सिन्ह्वा,
प्रकाशित २०७८ साउन २१ बिहिबार
corona-bangladesh.jpg

ढाका । बङ्गलादेशमा बिहीबार कोभिड-१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्युसङ्ख्या हो । 

यससँगै बङ्गलादेशमा मृत्यु भएका कोभिड संक्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ ।

सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप संक्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म संक्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।  

सरकारी अधिकारीका अनुसार बङ्गलादेशभरि स्थानीय समयअनुसार बिहीबार ८  बजेसम्म पछिल्लो २४ घण्टामा ४६ हजार ९९५ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो ।  

बिहीबार १५ हजार ७८६ थप व्यक्तिले कोभिड संक्रमणपछि निको भई घर फर्किएका छन् । यो मुलुकमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ रहेको डीजीएचएसले जनाएको छ । 

सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड-१९ संक्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत संक्रमित निको भएका छन् । 

यसपहिले बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी संक्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड संक्रमित विरामीको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ