arrow

क्षेत्रीय सुरक्षा रणनीतिबारे सहकार्य गर्न भारत र अमेरिकाबीच छलफल

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २२ शुक्रबार
jaishankar-india-antony-usa.jpg

वासिंगटन। भारतीय विदेश मन्त्री एस जयशंकर र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनबीच इण्डो प्यासिफिक, क्वाड तथा क्षेत्रीय सुरक्षाबारे छलफल भएको छ।

विदेशमन्त्रीद्वय जयशंकर र ब्लिंकनबीच इण्डो प्यासिफिक, क्वाड, अफगानिस्तान, म्यानमार र संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदबारे द्विपक्षीय सहकार्य गर्नेबारे छलफल भएको हो।

अमेरिकी राष्ट्रपति जो बाइडेन नियुक्त भएपछि पहिलो अमेरिका भ्रमणका क्रममा जयशंकरले ब्लिंकनसँग भेटवार्ता गरेका हुन्।

समकक्षी ब्लिंकनसँगको भेटवार्ता फलदायी भएको बताउँदै छलफलका विषयबारे भारतीय विदेशमन्त्री जयशंकरले ट्विइट गरेका हुन्। साथै कोरोना सङ्कटको समयमा अमेरिकाले देखाएको एकताको भावना प्रशंसायोग्य रहेको पनि उनले बताए।

विदेशमन्त्रीद्वयले दुई मुलुकबीच कोभिड १९ विरुद्धको खोप विस्तार र आपूर्तिबारे पनि छलफल गरेका छन्।

कोभिडको सुरुवातमा भारतले अमेरिकालाई सक्दो सहयोग गरेको र अमेरिकाले पनि सङ्कटको समय भारतलाई सधैँ सहयोग गर्ने ब्लिंकनले बताएको जी फाईभले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ