arrow

हट्यो प्रतिबन्ध : भारतीय नागरिक बेलायत भ्रमणमा जान पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
england-yatra.jpg

आइएनएन । कोरोना महामारीका कारण प्रतिबन्धमा परेको भारतलाई बेलायतले यात्रा अनुमति दिएको छ । यही आइतबारबाट लागू हुने गरी बेलायतले भारतलाई रातो सूचीबाट पहेँलो सूचीमा स्थानान्तरण गरेको छ। यसका साथै बेलायतले भारतीय यात्रुलाई यात्रा प्रतिबन्धमा केही सहजता प्रदान गरेको छ।

यस सहजीकरण पछि अब भारतीय यात्रु दश दिनको निषेधावधि होटेलमा बसेर बिताउनु पर्ने बाध्यता हटेको छ। त्यस्तै भारतबाट बेलायत यात्राको लागि आवश्यक भिजिट भिसा पनि खुल्ला गरिएको छ। यो सहजीकरण विद्यार्थीहरूका साथै भारतबाट बेलायत को यात्रा गर्ने योजना बनाउनेहरूका लागी एक ठुलो राहत को रूप मा आएको छ।

यी परिवर्तन अगस्ट महिनाको ८ तारिखबाट लागू हुने बताउँदै भारत स्थित बेलायती उच्चा आयोगले भारतीय यात्रीले अब आफ्नै घर वा आफ्नो रोजाइको स्थानमा १० दिनको निषेधावधि बस्न पाउने जानकारी दिएको छ।

स्वैच्छिक परीक्षण योजना अन्तर्गत, उनीहरू निषेधावधि को पाँचौँ दिन एक निजी कोभिड १९ परीक्षण गर्न सक्छन्। यदि नतिजा नकारात्मक आएमा उनीहरू आफ्नो निषेधावधि समाप्त गर्न सक्छन्।

नियमानुसार पहेँलो सूची मा राखिएको देशका यात्रीले बेलायत को यात्रा गर्नु तीन दिन अघि कोभिड परीक्षण गर्नुपर्दछ। बेलायत आगमन पछि उनीहरूले कोभिड १९ परीक्षण को लागि बुकिङ गर्नु पर्छ र एक यात्री पत्ता लाउने फारम भर्नु पर्छ।

बेलायत सरकारको 'रातो-पहेँलो-हरियो' ट्राफिक लाइट सुचाङ्क का अनुसार यही आइतबार, ८ अगस्ट देखि भारत रातो बाट पहेँलो सूचीमा सारिने छ।बेलायतमा सम्पूर्ण खोप खुराक प्राप्त गरेका व्यक्ति र १८ वर्ष मुनिका व्यक्ति भने निषेधावधिमा बस्नु पर्दैन।

यसका साथै अमेरिका लगायत अन्य युरोपेली मुलुकमा खोप लगाएका व्यक्ति लाई पनि यस्तै नियम लागू हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ