arrow

सभामुखसँग ऊर्जा मन्त्रीको भेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
agni-sapkota-pamfa-bhusal.jpg

काठमाडौँ ।  सभामुख अग्निप्रसाद सापकोटा र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालबिच शुक्रवार छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफल सदनलाई प्रभावकारी बनाउने लगायतका विषयमा केन्द्रित रहेको थियो ।
 
सभामुख सापकोटा र मन्त्री भुसालबिच मौसमजन्य विपत्तिले देशभरका नदी तटीय क्षेत्रमा भएको क्षति र नदी कटान नियन्त्रणका विषयमा कुराकानी भएको छ । मौसम सुरु भए लगत्तै सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी र पहिरोले ठुलो जनधनको क्षति भएको छ ।  

उनीहरूबिच मनसुन जारी रहेकोले  सिन्धुपाल्चोक लगायतका बाढी प्रभावित जिल्लामा नदी कटान नियन्त्रणका लागि सरकारी प्राथमिकताका विषयमा पनि छलफल भएको छ । सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोसी नदी तटीय क्षेत्रमा बसोबास गर्ने ठुलो जनसङ्ख्या यसबर्षको अप्रत्याशित बाढी पहिरोका कारण विस्थापित भएको छ ।
 
सभामुख सापकोटाले संसद्को चालु अधिवेशनलाई गतिशील बनाउने सम्बन्धमा यसअघि गृह मन्त्री बालकृष्ण खाण, अर्थ मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’सँग छलफल गरिसकेका छन् । सभामुख र कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीबिच पनि यसै विषयमा नियमित छलफल हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ