arrow

‘सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन’ – विनोद चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
binod-chaudhary2.jpg

काठमाडौं । वरिष्ठ उद्योगपति एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विद्यार्थीहरुको परीक्षा भौतिक रुपमा गरिएकोप्रति सबैको ध्यानाकर्षण गराएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत कोरोना भाइरसको महामारी बढिरहेका बेलामा परीक्षालाई भन्दा बढी जोड स्वास्थ्यलाई दिनुपर्ने उल्लेख गरेका छन् । 

चौधरीले लेखेका छन्, ‘सबैतिर कोरोनाको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान हुनुपर्छ। यस्तो बेला जोखिम लिनु बुद्धिमानी हुँदैन। जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् ।’

उनले सन्तानको स्वास्थ्यभन्दा ठूलो अरु केही नहुने भन्दै यतातर्फ तत्काल पुनविर्चार गरिनु पर्नेमा जोड दिएका छन् । अगाडि लेखेका कछन्, ‘त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, अबेर नगरौं । सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ