arrow

पौडेल समूहले बोलायो जिल्ला सभापतिहरूको बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २२ शुक्रबार
Ramchandra-Poudel.jpg

काठमाडौँ । नेपाली काँग्रेस भित्रको रामचन्द्र पौडेल समूहले महाधिवेशनका विषयमा सभापति शेरबहादुर देउवालाई दबाब दिन जिल्ला सभापतिहरूलाई छलफलमा बोलाएको छ । काँग्रेस भित्रको संस्थापन इतर समूह मानिएको पौडेल समूहले २५ साउनका लागि काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई छलफलका लागि बोलाएको हो । 

काँग्रेस नुवाकोटका सभापति जगदिशनरसिंह केसीले काठमाडौँमा उपलब्ध जिल्ला सभापतिहरूलाई महाधिवेशन र क्रियाशील सदस्यताका विषयमा छलफल गर्न २५ गतेका लागि बोलाइएको जानकारी दिए । 

‘भेला होइन, महाधिवेशनमा ढिला भयो, छलफल गरौँ भन्ने हो, अधिवेशन र क्रियाशील सदस्यताका विवादका विषयमा छलफल गर्छौ,’ काँग्रेस नुवाकोटका सभापति केसीले हाम्रा कुरासँग भने । 

१४ औँ महाधिवेशन पूर्वनिर्धारित मितिमा नहुने पक्का भएपछि पौडेल समूहले जिल्ला सभापतिहरूमार्फत सभापति देउवामाथि दबाब बढाउन खोजेको हो । तर सोही समूहका मानिने महामन्त्री डा शशाङ्क कोइरालाले भने शुक्रवार मात्रै महाधिवेशन मङ्सिरमा हुने बताएका थिए । सो क्रममा उनले आफू आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार भएकोसमेत भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ