arrow

हिरोसिमा बम विस्फोटनको ७६ औँ वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह

logo
एएनआई,
प्रकाशित २०७८ साउन २२ शुक्रबार
nuclear-test.jpg

हिरोसिमा, जापान । जापानी सहर हिरोसिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ ।

यो वर्ष हिरोशिमा शहरले अगस्त ६, १९४५ मा शहरमा बम विस्फोट गराइँदा भएको क्षतिलाई फेरि एक सानो स्मृति समारोहमार्फत् स्मरण गरेको छ । शुक्रबार बिहान ८:१५ बजे शान्ति स्मारक पार्कमा एकछिन मौन धारण गरिएको छ । 

सन् १९४५ को अगस्त ६ को बिहानी समयमा यस शहरमा बम विस्फोट भएको थियो । जापानस्थित क्योदो न्युजले जापानी अधिकारीलाई उद्धृत गरी भनेको छ, “जापानी प्रधानमन्त्री योशिहिदे सुगाले आफ्नो सम्बोधनमा गम्भीर सुरक्षा वातावरण र यस मामिलामा राष्ट्रहरूको स्थानबीच मतभेद बढ्दै गएको बेला आणविक निरस्त्रीकरणतर्फ ‘निरन्तर यथार्थवादी पहलहरू’ गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्। 

हिरोशिमा शहरका मेयर काजुमी मात्सुईले देशलाई आणविक प्रतिरोधमा विश्वास गर्नको सट्टा आगामी निर्माणमा लागि सम्वादमा लाग्न आग्रह गरेका थिए । 

दोस्रो विश्वयुद्धका बेला जापानलाई आत्मसमर्पण गर्न बाध्य पार्ने आक्रामक प्रयासमा संयुक्त राज्य अमेरिकाले सन् १९४६ अगस्ट ६ मा हिरोसिमामा परमाणु बम खसालेको थियो । यसको तीन दिनपछि वासिङ्टनले जापानी शहर नागासाकीमा अर्को परमाणु बम खसालेको थियो ।

ती दुई घटनामा हजारौं मानिसको ज्यान गएको थियो भने नागासाकी बम विस्फोट भएको छ दिनपछि जापानले आफ्नो पक्षबाट युद्धको अन्त्य गर्दै सहयोगी सेनासहित अगस्त १५ मा आत्मसमर्पण गरेकोे थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ