arrow

जेलमा अप्ठेरो महसुस गरेपछि जुमालाई पठाइयो अस्पताल

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन २२ शुक्रबार
jacob-zuma-south-africa.jpg

जोहनेसवर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना भएका छन् । जेल जीवन बिताइरहेका जुमाले जेलमै अप्ठेरो महसुस गरेपछि उनलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रवार अस्पताल भर्ना गरिएको हो । 

“पूर्व राष्ट्रपति जुमालाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो”, एक अधिकारीले सञ्चारकर्मीहरूसँग भने । 

पूर्व राष्ट्रपति जुमा भ्रष्टाचारसम्बन्धी एउटा अदालती सुनुवाइमा उपस्थित नभएको भन्दै उनलाई अदालतको अपहेलनमा दोषी ठहर गरिएको थियो । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएका ७९ वर्षका जुमालाई अदालतले अवहेलना मुद्दामा १५ महिनाको जेल सजाय सुनाइएको थियो । त्यसपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेर जेल गएका हुन् । 

जुमा जेल परेपछि उनका समर्थकले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन गरेका थिए । त्यसका लागि सेना परिचालन गर्नुपरेको थियो । उनका समर्थकले मच्चाएको हिंसामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने सयौँ पक्राउ परेका थिए ।

 प्रदर्शनका क्रममा पसल लुटिएको र भवनमा आगजनी गरिएको थियो । अहिले भने अवस्था सामान्य बन्दै गएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ