- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम चर्चित उद्यमी विनोद चौधरीले विद्यालय तथा विश्व विद्यालयहरुका परीक्षाहरु भौतिक रुपमै संचालन गर्ने निर्णयबारे पुनर्विचार गर्न सुझाव दिएका छन् ।
शुक्रबार सामाजिक संजालमार्फत चौधरीले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक भएकाले यसमा कत्ति अबेर नगर्न र आफ्ना सन्तानको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उनले नेपाललगायत छिमेकी मुलुकहरूमा कोरोना महामारीको जोखिम बढिरहेकाले नेपालीहरु पनि अत्यन्तै सावधान र सचेत हुनु आवश्यक रहेको औंल्याएका छन् ।
उनले लेखेका छन्, ‘नेपाललगायत छिमेकी मुलुकहरूमा कोरोना महामारीको जोखिम बढिरहेकाले हामी अत्यन्तै सावधान र सचेत हुनु आवश्यक छ । यस्तो बेला अनावश्यक जोखिम लिनु बुद्धिमानी हुँदैन । जीवन रहे पढाइ र परीक्षाका अवसर आउँछन् नै । त्यसैले भौतिक रूपमै परीक्षा सञ्चालन गर्ने निर्णयमा तत्काल पुनर्विचार गरिनु आवश्यक छ, यसमा कत्ति अबेर नगरौं । आफ्ना सन्तानको स्वास्थ्यभन्दा ठूलो केही छैन ।’
सरकारले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा भौतिक रुपमै सञ्चालन गर्ने भनेको छ । तर कोरोना संक्रमणको जोखिम बढिरहेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले सबै खाले परीक्षा रोक्न प्रस्ताव गरिसकेको छ ।