arrow

जम्मू कश्मीर बारे इस्लामिक संगठनको टिप्पणीपछि भारत आक्रोशित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
jambu-kasmir.jpg

आइएनएन । इस्लामिक सहयोग संगठन (ओआईसी) ले जम्मू कश्मीरको बारेमा टिप्पणी गरेको भन्दै भारतले कडा निन्दा गरेको छ। ओआईसी मुस्लिम बहुल राष्ट्रहरुको एक संघ हो। जसको टिप्पणीपछि जम्मू कश्मीर भारतको अभिन्न अंग र यस क्षेत्र विरुद्ध केही सुन्न नसक्ने भारतले जनाएको छ।

भारतले सन् २०१९ अगस्ट ५ तारिख मा जम्मू-कश्मीर ले पाइरहेको विशेषाधिकार रद्द गरेको थियो। यस राज्यलाई दुई केन्द्र शासित प्रदेश जम्मू र कश्मीर र लेह-लद्दाखमा विभाजित गरेको थियो। ओआईसी महासचिव सचिवालयले "यी सबै कदमहरु खारेज" गर्न आह्वान गर्दै आएको छ ।

ओआईसीका महासचिव द्वारा जारी प्रेस विज्ञप्तिबारे मीडिया को प्रश्नको जवाफ दिदै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने," हामी ओआईसीका महासचिवद्वारा जारी केंद्र शासित प्रदेश जम्मू र कश्मीरको बारे यस अस्वीकार्य संदर्भलाई स्पष्ट रूप ले अस्वीकार गर्छौं। जम्मू कश्मीर भारतको अभिन्न अंग हो। ओआईसी को यस क्षेत्र सँग केही सम्बन्ध छैन।"

विदेश मन्त्रालयका प्रवक्ताले भने, "ओआईसी महासचिव सचिवालयले आफ्नो निहित स्वार्थका लागि भारतको आन्तरिक मामिलामा टिप्पणी गर्न आफ्नो मञ्चको प्रयोग गरिरहेको छ।"

सन् २०१९ अगस्ट महिना जम्मू-कश्मीर मा अनुच्छेद ३७० खारेज गरेर यस प्रदेशलाई विशेष दर्जा दिइएको थियो। यसै खारेजीको दोस्रो वार्षिकोत्सव मा ओआइसी जनरल सचिवालयले विशेष दर्जा फिर्ता लिन आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको थियो। ओआईसी महासचिव सचिवालयले जम्मू कश्मीर मामिलालाई "संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव" अनुसार समाधान गर्न विश्व समुदायलाई आग्रह गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ