arrow

कक्षा १२ को परीक्षा स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २३ शनिबार
pariksha_board.JPG
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । अब परीक्षा हुनुभन्दा १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने बोर्डले जनाएको छ ।

शनिबार बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

कोरोना संक्रमण फैलिँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै तहका परीक्षा स्थगित गर्न सिफरिस गरेको थियो। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ