एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक: ६४ प्रतिशत बढी उत्तीर्ण
पुनर्योग असार २५ देखि
हाम्रा कुरा
प्रकाशित २०८३ असार २३ मंगलबार
391
Shares
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ अन्तर्गत सञ्चालन गरिएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
गएको असार १ देखि ९ गतेसम्म सञ्चालन भएको परीक्षामा आवेदन दिएका कुल १ लाख ४८ हजार ५०७ परीक्षार्थीमध्ये १ लाख २९ हजार १९४ जना परीक्षामा सहभागी भएका थिए। सहभागी परीक्षार्थीहरूमध्ये ६४.६५ प्रतिशत अर्थात् ८३ हजार ५२३ जना उत्तीर्ण भएका छन्।
बोर्डले यस पटकको परीक्षाफल २० वटा विभिन्न संस्थाका वेबसाइट, आइभीआर तथा एसएमएस-यूएसएसडी सेवामार्फत सजिलै हेर्न सकिने व्यवस्था मिलाएको जनाएको छ।
प्रकाशित नतिजामा चित्त नबुझेका परीक्षार्थीहरूका लागि पुनर्योग को सुविधा समेत दिइएको छ। चित्त नबुझ्नेले असार २५ गतेदेखि ३१ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने बोर्डले स्पष्ट पारेको छ। साथै, नतिजा प्रकाशनका क्रममा कुनै प्राविधिक त्रुटि देखिएमा आवश्यक परीक्षण र प्रमाणीकरणपछि सच्याइने व्यवस्था समेत गरिएको छ।