arrow

अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप

logo
एएनआई,
प्रकाशित २०७८ साउन २३ शनिबार
usa-covid-vaccine.jpg
फाइल तस्बिर

वासिङ्टन। अमेरिकामा अहिलेसम्म आधा जनसङ्ख्याले मात्रै कोरोना भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन्। विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन्।

पछिल्लो एक हप्तामा ११ प्रतिशत मानिसले खोप लगाएको पाइएको छ। दुई हप्ता अगाडि ४४ प्रतिशतले मात्रै पूर्ण खोप लगाएको अधिकारीले जनाएका छन्। 
खोप लगाउनेको सङ्ख्या तीव्र रूपमा बढ्दै जाने अपेक्षा गरिएको पनि अधिकारीले बताएका छन्।

अपेक्षित रूपमा धेरै मानिसले खोप नलगाएपछि अमेरिकी सरकारले खोप लगाउन देशवासीलाई पटक पटक विशेष अनुरोध गर्दै आएको छ। खोप लगाउनेको सङ्ख्या बढाउन अमेरिकी सरकारले विभिन्न प्याकेजसमेत ल्याएको छ। अमेरिकी सरकारले केही दिन अगाडि खोप लगाउनेलाई १०० डलर दिने घोषणासमेत गरेको थियो।

कोरोना भाइरसका विभिन्न भेरिएन्टको महामारीका कारण अमेरिकामा अहिलेसम्म तीन करोड ६४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। त्यसै गरी छ लाख ३२ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ