arrow

गठबन्धन सरकार चलाउन कांग्रेस नेतृत्वलाई सांसद दिव्यमणी राजभण्डारीका सुझाव

कांग्रेसका जनप्रतिनिधिहरुसग संसदीय दलमा छलफल गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
dibyamani-rajbhandari.gif
तस्वीर–फाइल ।

 काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनिरहेको गठबन्धन सरकार संचालनका लागि विभिन्न सुझाव दिएका छन् । उनले सरकारमा मन्त्रीहरु बनाउँदा समेत संसदीय दलमा छलफल गरेर जनभावना अनुसारका मन्त्रीहरु बनाउन सुझाव दिएका छन् । 

नेता राजभण्डारीले गठबन्धन सरकारलाई सफल बनाउनका लागि पार्टीभित्र छलफल हुनु पर्नेमा जोड दिएका छन् । उनले मन्त्री बनाउँदा विभिन्न मापदण्ड बनाइनु पर्ने भन्दै आन्दोलनमा क्रियाशील, समावेशी, सम्बन्धीत बिषयमा ज्ञान भएका व्यक्तिहरु समेटिनु पर्नेमा उनको जोड छ । 

हाम्राकुरासँगको कुराकानीका क्रममा नेता राजभण्डारीले पार्टीमा मन्त्री बनाउँदा आम नागरिकले चुनेको र नागरिकको प्रतिनिधित्व हुने हुँदा संसदीय दलको बैठक बोलाएर सबै सांसदहरु बिचमा छलफल गर्नुपर्ने बताए । उनले भने यो सरकारलाई गल्ती गर्ने छुट छैन संसदीय दलमा छलफल हुनु पर्नेमा उनको जोड दिए । केही विषेश नेताहरुसग मात्र छलफल गर्दा काम गर्न सक्ने जनभावना बुझेका तथा बिषयमा बिषयमा ज्ञान भएका व्यक्तिहरु छानिनसक्ने संभावना कम हुने उनको दावी छ । गठबन्धन सरकार बनाउँदा प्रधानमन्त्री र नेताहरुकोमात्र हित हुनु हुँदैन भन्दै उनले थपे, ‘को संसदमा, पार्टीमा क्रियाशील छ, कोसँग विषयवस्तुमा ज्ञान छ, आम नागरिकमा मन्त्री हुने व्यक्तिको इमेज कस्तो छ हेर्नुपर्यो । गठबन्धन सरकार भएपछि कसले गठबन्धनमा समन्वयकारी भूमिका निर्वाह गर्न सक्छ, सबै कुरा हेरेर मात्र निर्णय गर्न सुझाव दिएका छन् ।

गठबन्धनको यो सरकारलाई सफल बनाउन कांग्रेस सांसदहरुको महत्वपूर्ण भूमिका हुने बताउँदै उनले सांसदहरुलाई संसदमा सक्रिय बनाएर राख्नुपर्नेमा पनि जोड दिएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले सांसदहरुसँग अन्तरक्रिया गर्नुपर्छ । को को मन्त्री बन्दा के हुन्छ भनेर सांसदहरुको भावना पनि लिनुपर्छ । को ठीक को बेठीक भनेर म त्यसमा जान्न । पटके र नेता विशेषका नजिक रहेकालाई अवसर दिनु हुँदैन । सक्षम हुनुपर्यो । कांग्रेसका सबै सांसदहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्छ ।’

नेता राजभण्डारीले शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकार संचालनमा विज्ञहरुसँग छलफल गर्नुपर्नेमा समेत जोड दिएका छन् । नेताहरुले सांसदहरुको भावना बुझ्ने, उनीहरुसग छलफल गर्नुपर्ने उनको भनाई छ । 

 विधि र विधानअनुसार संसदीय दल पनि चलाउनु पर्ने सुझाव दिएका छन् । कांग्रेसका जनप्रतिनिधिहरुसग छलफल गर्ने थलो भनेकै संसदीय दल हो । यसको बैठक बोलाएर यथासक्य चाँडो सबै सांसदहरुको कुरा सुन्नु पर्नेमा बिषेश जोड दिए । 

 उनले आचार संहिता पालनामा समेत जोड दिएका छन् । कांग्रेस विधानअनुसार चल्नुपर्नेमासमेत नेता राजभण्डारीको जोड छ । उनले सामाजिक संजाल फेसबुकमा समेत लेखेका छन् । ‘नेपाली कांग्रेस संसदीय दलको विधान दफा ८ उपदफा (२) र दफा १० उपदफा (३) अनुसार दल र कार्यसमितिका बैठकहरु कहिले बोलाउला र विधान बमोजिम दलका  कार्य सन्चालन होला ?’ भन्दै प्रश्न सोधेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ