arrow

एकपक्षीय इच्छाले मात्रै अफगानिस्तानमा स्थिरता आउन सक्दैन : भारतीय विदेशमन्त्री

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २५ सोमबार
sjayshankar.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। भारतीय विदेशमन्त्री एस जयशंकरले अफगानिस्तानमा एकतर्फी शान्तिको इच्छाले मात्रै स्थिरता आउन नसक्ने बताएका छन् । अफगानिस्तानमा शान्ति वार्ताको महत्त्वलाई सङ्केत गर्दै विदेशमन्त्री जयशंकरले युद्धग्रस्त देशमा एकपक्षीय इच्छाले मात्रै स्थिरता आउन नसक्ने बताएका हुन् । 

विगत दुई दशकमा प्राप्त लाभहरूलाई जोगाउनका लागि दुवै पक्ष गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनसँग संयुक्त प्रेस सम्मेलनका क्रममा भारतीय विदेशमन्त्री जयशंकरले भने, "अफगान नागरिक समाजको लाभका रूपमा विशेष गरी महिलाहरू, अल्पसङ्ख्यकहरूको सामाजिक स्वतन्त्रता पछिल्लो दुई दशकहरूमा प्राप्त भएको थियो । यसबाट अफगानिस्तान कहिल्यै पछाडि फर्किनु हुँदैन । आतङ्कवादको घर नै शरणार्थीको एक स्रोत बन्न सक्छ, यसबाट सचेत हुन आवश्यक छ ।"

जो बाइडेन प्रशासनका विदेशमन्त्री ब्लिन्केनको पहिलो भारत भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले यस्तो टिप्पणी गरेका हुन् । अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गरेका छन् । 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि युद्धग्रस्त देशमा तालिबानको आक्रमण बढ्दो छ । यस अवस्थामा विदेशमन्त्री जयशंकरले शान्ति वार्तालाई सबै पक्षहरूले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । 

"विश्व एक स्वतन्त्र, सार्वभौम, र लोकतान्त्रिक अफगानिस्तान, आफू र छिमेकीहरूसँग शान्तिपूर्ण रूपमा रहेको देख्न चाहन्छ । तर यसको स्वतन्त्रता र शासन तब मात्र सुनिश्चित गरिनेछ यदि यो घातक प्रभावहरूबाट मुक्त हुन्छ," उनले थपे ।

"विदेशमन्त्री जयशंकरले कुनै पनि पार्टीद्वारा एकपक्षीय इच्छाले मात्रै मुलुक लोकतान्त्रिक हुन सक्दैन र कहिल्यै स्थिरताको लागी नेतृत्व गर्न सक्दैन। न त त्यस्ता प्रयासहरूले कहिल्यै वैधता प्राप्त गर्न सक्छन्," उनले भने । 

कोभिड चुनौतीका विषयमा बोल्दै जयशंकरले भारतमा खोप उत्पादनको लागी कच्चा माल आपूर्ति शृङ्खला खुला राखेको भन्दै बाइडेन प्रशासनलाई धन्यवाद दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ