arrow

पाकिस्तानमा चिनियाँ नागरिक निशानामा, कराचीमा पनि चिनियाँ नागरिकमाथि आक्रमण

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २५ सोमबार
chinese-gun-shot-pakistan.jpg

कराची। पाकिस्तानको सबैभन्दा ठुलो सहर कराचीमा बन्दुक आक्रमणमा एक चिनियाँ नागरिक घाइते भएका छन्। प्रहरी अनुसन्धानका अनुसार मोटरसाइकलमा आएका बन्दुकधारीले कराचीको सडकमा एक चिनियाँ नागरिकको गाडीमा गोली चलाएका हुन्।

दुई हप्ताको बीचमा चिनियाँमाथि भएको यो दोस्रो घटना हो । यसअघि पनि चिनियाँ नागरिकलाई निशाना बनाएर आक्रमण गरिएको थियो । 

यसअघि खैबर पख्तुनख्वाको माथिल्लो कोहिस्तान जिल्लामा यात्रुवाहक बस विस्फोट हुँदा नौ चिनियाँ इन्जिनियरसहित १३ जनाको मृत्यु भएको थियो । बस दसुतर्फ जाँदै गर्दा विस्फोट भएको बताइएको थियो । 

चीनले पाकिस्तानलाई आतङ्कवादी हमलाका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ । चीनको सदाबहार सहयोगी पाकिस्तानमा आफ्नो नागरिकहरूको सुरक्षा खतरा बढेपछि चीन निराश बनेको छ । 

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग फोनमा यस विषयमा कुराकानी गरेका छन् ।  जहाँ उनले घटनाको छानबिन गर्न र दोषीहरूलाई कारबाही गर्नका लागि सबै आवश्यक उपायहरूको प्रयोग गर्न जोड दिएका छन् । 

दासु बाँध निर्माण गर्ने चिनियाँ कम्पनीले उत्तरी प्रान्तमा विस्फोट, धेरै इन्जिनियरहरूको मृत्यु भएसँगै काम स्थगित गर्ने निर्णय गरेको थियो । चीनसँग द्विपक्षीय सम्बन्धको महत्त्वलाई ध्यानमा राख्दै पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशी दासु बस विस्फोट घटनाबारे छलफल गर्न चीन प्रस्थान गरेका हुन् । 

कुरेशीसँगै सुरक्षा विभागका महानिर्देशक डीजी इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) लेफ्टिनेंट जनरल फैज हमीद पनि बेइजिङ प्रस्थान गरेका छन् । उनीहरूले पाकिस्तानमा चिनियाँ नागरिकको सुरक्षाको अवस्थाबारे जानकारी गराउने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ