arrow

जसपा खारेजीको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
supreme-court-long.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको दर्ता खारेजी नहुने भएको छ । दर्ता खारेजीको मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि सर्वोच्चले अन्तिरिम आदेश दिन अस्वीकार गरेको हो ।

तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकतापछि राजपासँग पार्टी एकता गरेका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै जसपा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

सो रिटमा सोमबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले राजपा र समाजवादी पार्टीबीचको एकता खारेज गर्नु नपर्ने आदेश दिएको हो । सोही रिटमा गत ३० असारमा भने सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग्दै छलफलमा बोलाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ