arrow

१०१ सदस्यीय भारतीय सेनाको टोली रुस जाँदै 

logo
आइएनएन
प्रकाशित २०७८ साउन २५ सोमबार
indian-army.jpg

नयाँ दिल्ली। रुसमा हुने 'इन्टरनेशनल आर्मी गेम्स' मा भाग लिन १०१ सदस्यीय भारतीय सेनाको टोली रुस जाँदै छ ।  बार ओलम्पिकको रूपमा चिनिने  'इन्टरनेशनल आर्मी गेम्स'  अगस्ट २२ देखि सुरु हुँदैछ । 

भारतीय रक्षा मन्त्रालयका अनुसार यी खेलका लागि भारतीय सेनाको १०१ सदस्यीय दल तयार रहेका छन् । खेल सेप्टेम्बर ४सम्ममा सकिनेछ। उक्त टोलीले  आर्मी स्काउट मास्टर्स प्रतियोगिता (एएसएमसी), एल्ब्रस रिङ, पोलर स्टार, स्निपर फ्रन्टियर र सेफ रुट खेल मा भाग लिनेछ।

विभिन्न प्रतिस्पर्धामा यस दलले उच्च उचाइ क्षेत्र, हिउँदे क्षेत्र, निशानबाजी, बाधाग्रस्त इलाकामा लडाई र इन्जिनियरिङ क्षेत्रमा भएका आफ्ना सीपको प्रदर्शन गर्नेछन्।

यसका साथै भारतीय सैनिकले खुला जल क्षेत्र र बाजको सिकार जस्ता खेलका लागि दुई पर्यवेक्षक (प्रत्येक एक) तैनाथ गर्नेछन्। प्रतिस्पर्धी दलले पन्टून पुल निर्माण र युएभी चालक दलमा पनि भाग लिनेछन्।

सन् २०१९ मा जेसलमेरमा आयोजित सेना स्काउट मास्टर प्रतियोगितामा भाग लिने आठ देशहरू मध्ये भारत पहिलो स्थानमा थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ