arrow

पत्रकार महासङ्घको पहिलो केन्द्रीय समिति बैठक पोखरामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २५ सोमबार
FNJ-logo.jpg.jpeg

पोखरा । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पहिलो बैठक पोखरामा बस्ने भएको छ ।

महासङ्घको केन्द्रीय समितिको बैठक कास्कीमा गर्नका लागि केन्द्रीय समितिको प्रस्तावलाई कास्की शाखाको सोमबार बसेको कार्यसमितिको बैठकले स्वीकार गरेको हो । 

महासङ्घको बैठक भदौ ९ गते बस्ने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य गरी ६० जना सहभागी हुने बताइन्छ ।

गत चैत २५ गते सम्पन्न निर्वाचनबाट विपुल पोखरेलको नेतृत्वमा नयाँ केन्द्रीय समिति निर्वाचित भएको थियो ।

निर्वाचन सम्पन्न भएको करिब चार महिनापछि सो समितिको पहिलो बैठक बस्न लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ