arrow

तालिबानलाई आक्रमण रोक्न दबाब दिन अमेरिकी राजदूत कतार जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
Zalmay Khalilzad.jpg

काठमाडौँ । अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले तालिबानलाई सैन्य आक्रमण रोक्न दबाब दिने भएका छन् । यसै हप्ता कतारको राजधानीमा वार्तामार्फत तालिबानलाई दबाब दिइने अमेरिकी विदेश विभागले जनाएको छ ।

अफगानिस्तानमा बिग्रँदै गएको स्थितलाई संयुक्त अन्तर्राष्ट्रिय प्रतिक्रियाका लागि राजदूत खलिलजाद दोहामा रहनेछन् अमेरिकी विदेश विभागले सोमबार एक वक्तव्यमा भनेको छ ।

अफगानिस्तानको अवस्थाका विषयमा विभिन्न चरणमा तीन दिन वार्ता हुने विदेश विभागले जनाएको छ ।

अफगानिस्तानबाट अमेरिकाले आफ्नो सेना फिर्ता गरेसँगै तालिबानले आफ्नो पहुँच बलियो बनाउँदै लगेको छ । अफगानिस्तानका तीन प्रान्तिय राजधानी समेत तालिबानले कब्जा गरिसकेको छ ।

यसबिच अन्तर्राष्ट्रिय संयुक्त दबाब एवं तालिबानलाई युद्ध विरामका लागि सम्झौता गर्न अमेरिकाले पहल चालेको देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ