arrow

पाकिस्तानी विदेश मन्त्रीको आरोप -अमेरिका गैरजिम्मेवार रूपमा बाहिरिँदा अफगानिस्तानमा समस्या 

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन २६ मंगलबार
Bagram us army afganistn.png

इस्लामवाद । पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तानबाट अमेरिका गैर जिम्मेवार रूपमा निस्किएको आरोप लगाएका छन् । पाकिस्तानका विदेश मन्त्री साह मोहम्मद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैर जिम्मेवार रूपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन्।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताए । विदेश मन्त्री कुरेसीले भन्नुभएको छ कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैर जिम्मेवारी रूपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरूले अराजकता मच्चाउन थालेको बताएका हुन् ।

उनले सोमबार पाकिस्तानको इस्लामवादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भनेका छन्, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थित रूपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताए ।

अमेरिकाले व्यवस्थित रूपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ