arrow

जासुसी गरेको भन्दै क्यानेडियन व्यवसायीलाई चीनले हाल्याे ११ वर्षका लागि जेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
canedian businessman spavar.PNG

काठमाडौं । चीनको एक अदालतले बुधवार क्यानेडियन व्यवसायी माइकल स्पाभरलाई जासुसी गरेको आरोपमा दोषी ठहर गरेको छ । 

व्यवसायी माइकल स्पाभरलाई बुधवार डेंगडोंग जिल्लाको अदालतले जासुसी र अवैध रूपमा राज्यको गोपनीयता प्रदान गरेकोमा दोषी ठहर गर्दै ११ वर्ष जेल सजाय तोकेको हो ।

यसले चीन र क्यानेडाबीचको सम्बन्धलाई झनै शिथिल बनाउने सङ्केत गरेको छ । स्पाभरको केही व्यक्तिगत सम्पत्ति जफत गरिएको छ भने, उनलाई निर्वासित गरिने समेत बताइएको । तर, निर्वासित गरिने मिति भने खुलाइएको छैन ।

सन् २०८ मा क्यानेडाले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेकी प्रमुख वित्तीय अधिकारी मेंग वान्झाउलाई पक्राउ गरेपछि सोही वर्षको डिसेम्बर स्पाभरसहित अर्का एक क्यानेडियन व्यवसायीलाई चीनले पक्राउ गरेको थियो । 

वान्झाउलाई पक्राउ गरेको बदलामा स्पाभरलाई चीनले पक्राउ गरेको आरोप छ । तर, चीनले भने यो आरोप अस्वीकार गरेको छ । स्पाभरले अन्तिम फैसला र आफ्नो रिहाइका लागि अपेक्षा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ