arrow

रिपब्लिकन रिपोर्ट भन्छ : कोरोनाभाइरस चीनको प्रयोगशालाबाट लिक भयो

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २६ मंगलबार
USA-flag.png
फाइल तस्बिर

वाशिङटन। सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको करोना भाइरस सङ्क्रमणको तेस्रो लहरको मुखमा सिङ्गो विश्व गुज्रिरहेको छ। यसका लागि हालसम्म विशेष प्रकारको कुनै औषधि नबने पनि खोप कार्यक्रम भने विश्वभर सुरु भएको छ। तर, यसको उत्पत्ति कसरी भयो, कोरोना भाइरस कसरी फैलियो भन्ने हालसम्म यथेष्ट प्रमाण फेला परेको थिएन। 

पछिल्लो समय अमेरिकी रिपब्लिकन रिपोर्टका अनुसार कोरोना भाइरसको सङ्क्रमण चीनको प्रयोगशालाबाट लिक भएको हो। अमेरिकी गुप्तचर एजेन्सीले तयार पारेको रिपोर्ट अमेरिकी रिपब्लिकनले सोमबार सार्वजनिक गर्दै कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको प्रमाण फेला परेको जनाएको छ। 

रिपोर्टले पर्याप्त प्रमाण पनि उल्लेख गरेको छ। वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरू, अमेरिकी विशेषज्ञहरू र चिनियाँ र अमेरिकी सरकारको कोषको सहयोगमा कोरोना भाइरस मानिसहरूलाई सङ्क्रमित गर्नको लागी काम गरिरहेको बताइएको छ। 

विदेश मामिला समितिका शीर्ष रिपब्लिकन प्रतिनिधि माइक म्याकउलले रिपोर्ट सार्वजनिक गर्दै कोरोना भाइरस महामारीको उत्पत्ति चिनियाँ प्रयोगशालाबाट लिक भएको पाइएको बताएका छन्। उनले एक द्विपक्षीय अनुसन्धानबाट उक्त खुलासा गरेका हुन्। कोरोना महामारीले हालसम्म विश्वभर ४४ लाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। 

चीनले भने वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको कुरालाई अस्वीकार गरिरहेको छ। चीनको वुहानमा नै पहिलो कोरोना भाइरस सङ्क्रमित फेला परेका थिए। 

अन्य विशेषज्ञहरूले पनि महामारी जनावरबाट मानिसमा फैलिएको हुनसक्ने बताएका छन् भने केहीले सी फुड मार्केटबाट मानिसमा सरेको अनुमान गरेको रिउटर्सले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ