- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। अफगानिस्तानका कार्यवाहक अर्थमन्त्री खलिद पायण्डाले पदबाट राजीनामा दिएका छन् ।
एक साताभन्दा कम समयमा अफगानिस्तानमा तालिबानाले झण्डै ९ वटा प्रान्तिय राजधानी कब्जा गरिसकेको छ ।
यसबीच अर्थमन्त्री पायण्डाले राजीनामा दिएका हुन् । बुधबार राजीनामासँगै उनी अफगानिस्तानबाट बाहिरिने भएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनी देश छोडेर कहाँ जाँदैछन् भनेर जानकारी भने हुन सकेको छैन् ।
अफगानिस्तानबाट अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने भएसँगै अफगानिस्तानमा छालिबानले आफ्नो कब्जा बढाउँदै लगेको छ ।