arrow

रसियाका लागि जासुसी गरेको आरोपमा जर्मनीमा बेलायती कूटनीतिज्ञ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २७ बुधबार
uk germany.PNG

काठमाडौं । जमर्न प्रहरीले एक बेलायती नागरिकलाई पक्राउ गरेको छ । रसियन ईन्टेलिजेन्सी सर्भिसलाई पैसाको बदलामा कागजात उपलब्ध गराइरहेको आशङ्कामा प्रहरीले ती बेलायती नागरिकलाई पक्राउ गरेको हो ।

बर्लिन् स्थित बेलायती राजदूतावासमा समेत काम गरेका ती व्यक्तिलाई हिरासतमा राख्ने विषयमा बुधवार नै फैसला हुने बताइएको छ ।

डेभिड एस नाम मात्रै जानकारीमा आएका ती व्यक्तिले कम्तीमा एक पटक रुसी ईन्टेलिजेन्सीलाई कागजात पठाएको र त्यसको बदलामा रकम पाएको अनुमान गरिएको छ । सन् २०२० को नोभेम्बरदेखि ती व्यक्तिले जासुसी गरिरहेको आशङ्का गरिएको छ ।

ती व्यक्ति मङ्गलवार बर्लिन् नजिकको पोट्सडम बाट पक्राउ परेका हुन् । ५७ वर्षीय ती व्यक्ति स्थानीय कर्मचारीका रूपमा बेलायतको दूतावासमा काम गर्दै आएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ