arrow

महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
supreme-court-long.jpg

काठमाडौं। सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्त्वको घर भत्काउनपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ।

अधिवक्ता सञ्जय अधिकारीले पुरातात्त्विक महत्त्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त लिखित जवाफ माग गरेको हो ।

प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर पुरातात्त्विक एवं ऐतिहासिक महत्त्व बोकेको घर नभत्काई संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ