arrow

दुई दशकमा पनि बदलिएन तालिबानी समूहको आधारभूत मान्यता

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २८ बिहिबार
taliban-afgan-protest.jpg

काबुल। तालिबानले अफगानिस्तानको सबै प्रमुख सहरहरू कब्जा गरिरहेको छ र संसारलाई आफ्नो वास्तविक अनुहार देखाइरहेको छ। तालिबान समूहले सुरु गरेको हिंसात्मक अवस्थालाई दुई दशकको अवधिमा पनि परिवर्तन गर्न सकेन।

तालिबानको आक्रोशको निशानामा आफ्नो विश्वास र चासोको प्रतिकूल ठान्ने महिलाहरू र युवतीहरू, अमेरिका र पश्चिमी सेना, धार्मिक अल्पसङ्ख्यकहरू, र अफगानिस्तान सरकारका अधिकारीहरू र सुरक्षा बलहरूलाई सहयोग गर्ने नागरिकहरू रहेको छन्।

इरान र तुर्कमेनिस्तानसँगको प्रमुख सीमा नाका कब्जा गरेपछि तालिबानले अब देशको धेरै भाग नियन्त्रणमा लिएर उत्तरी र पश्चिमी जिल्लाहरू कब्जा गरेको छ। थुप्रै मिडिया रिपोर्टका अनुसार तालिबानले यी क्षेत्रहरूमा महिलाहरूको शिक्षा र स्वतन्त्रतामा व्यापक प्रतिबन्ध लगाएको छ। यी प्रतिबन्धहरूसँगै अब युवतीहरू स्कुल जान पाउँदैनन्, महिलाहरूले हिसाब लगाउनु पर्छ र उनीहरू पुरुष आफन्तसँग मात्र बजार निस्किन पाउँछन्।

सन् २००१ मा अमेरिकी सेनाको सहयोगमा सत्ता च्युत भएको तालिबानी समूह फेरि शक्तिशाली बन्दै अघि बढेको छ। तालिबानी समूहले आफूले कब्जा गरेको क्षेत्रमा सरिया कानुनको पालना गर्न आदेश जारी गरेको छ। महिलाहरूलाई टाउकोदेखि खुट्टासम्म ढाक्न बाध्य पारिएको छ र उनीहरूको आवागमनमा धेरै प्रतिबन्ध लगाइएको छ।

अफगानिस्तान सरकारका अनुसार, लगभग ३० प्रतिशत निजामती कर्मचारीहरू महिला रहेका छन्। तालिबानी समूहले कब्जा गरेको क्षेत्रहरूका महिलाहरूलाई अब कार्यालय जान प्रतिबन्ध लगाइएको छ। कुनै पनि महिला अब तालिबानी समूहले कब्जा गरेको क्षेत्रबाट कार्यालय गएको अवस्थामा उनीहरूलाई कारबाही गरिने भएको छ।

त्यसैगरि पुरुषहरूलाई दाह्री बढाउनका लागि भनिएको छ। पुरुषहरूले दाह्री काट्न पाउने छैनन्। अफगानिस्तानको बाल्ख प्रान्तका थुप्रै बासिन्दाले तालिबानले प्रकाशन गरेको पत्रिका वितरण गरेका छन्। जसमा महिला र पुरुषले पालना गर्नुपर्ने नियमहरूको व्यवस्था गरिएको छ। ताखार, बदाखशान र कुन्दुज प्रान्तबाट पुरुष र महिलाहरूमाथि प्रतिबन्ध लगाउने यस्तै आदेशहरू दिइएका छन्।

यसबाहेक, तालिबानले प्रेस र मिडियामा पनि आफ्नो प्रतिबन्ध विस्तार गरेको छ। स्थानीय पत्रकारहरूका अनुसार तालिबानले बल्ख जिल्लाको एक मात्र एफएम रेडियो स्टेसन नवबहारलाई इस्लामी प्रार्थना, तालिबान समर्थक नारा र सङ्गीतको सट्टा सरकार विरोधी प्रचारप्रसार गर्न बाध्य पारेका छन्।

एक स्थानीय मिडिया वाचडग नाईनका अनुसार तालिबानको प्रतिबन्ध र उनीहरूलाई प्रचारमा रोक लगाएको कारणले करिब २० रेडियो स्टेसनहरूले उत्तरी प्रान्तहरूमा प्रसारण बन्द गरेका छन्। तालिबान कब्जा गरिएका क्षेत्रहरूमा विदेशी मिडियाको अफगानिस्तान सरकारका अनुसार, लगभग ३० प्रतिशत निजामती कर्मचारीहरू रहेका महिलाहरू रहेका छन्।

तालिबानी समूहले कब्जा गरेको क्षेत्रहरूका महिलाहरू अब कार्यालय जान प्रतिबन्ध लगाइएको। कुनै पनि महिलाहरू अब तालिबानी समूहले कब्जा गरेको क्षेत्रबाट कार्यालय गएको अवस्थामा उनीहरूलाई कारबाही गरिने भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ