arrow

क्वाडको विरोध गरिरहेको चीनतर्फ सङ्केत गर्दै जयशंकरले भने : केही मुलुकहरूले आफ्नो धारणा परिवर्तन गर्नुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
sjayshankar.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। क्वाड समूहको विरोध गरिरहेको चीनतर्फ सङ्केत गर्दै भारतीय विदेश मन्त्री एस जयशंकरले केही मुलुकले आफू विरुद्ध निर्देशित कुराहरूप्रतिको धारणालाई परिवर्तन गर्नुपर्ने बताएका छन्। चीनले आफ्नो अधिनायक र विस्तारवादी धारणालाई हटाउनुपर्नेतर्फ उनले सङ्केत गरेका हुन्।

दुई दिने भारत भ्रमणमा रहेका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनसँगको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जयशंकरले भने, एक वैश्वीकृत विश्वमा भारतको चासो छ, जो उसको नजिकका छिमेकीहरू भन्दा धेरै टाढा छ। विश्वका अधिकांश मुलुकहरू उस विरुद्ध उत्रिएका छन् भने त्यस कामहरूप्रतिको धारणा परिवर्तन गर्नुपर्दछ। देशहरू आफ्नो हितमा र अन्तर्राष्ट्रिय सुरक्षाका लागि प्रतिबद्ध छन्। 

चीनले अमेरिका, भारत, जापान र अष्ट्रेलियासम्मिलित एक अनौपचारिक रणनीतिक गठबन्धन चतुर्भुज सुरक्षा संवाद (क्वाड) को विरोध गरिरहेको छ। चीनले उक्त समूहले आफू विरुद्ध सैन्य गठबन्धन बनाएको भन्दै विरोध गरेका हो। दक्षिण एसियामा चीनविरुद्ध सैन्य गठबन्धन बनाएको भन्दै उक्त गठबन्धनलाई विश्वले मान्यता नदिनेसमेत चीनले दाबी गरेको छ। 

चीनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा भारतको विरोध गरेको छ। वाशिंङ्टनलाई कुनै पनि समस्याबाट बाहिर बस्न चीनले चेतावनी दिएको छ। तर, अमेरिकाले भने क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान गर्न आग्रह गरेको छ। 

यसैबिच, रुसले पनि क्वाडको विषयमा असन्तुष्टि व्यक्त गरेको छ। डिसेम्बर २०२० मा, रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले क्वाड एक विभाजनकारी र एक्स्क्लुसिस्ट उपकरण भएको टिप्पणी गरेका छन्। अमेरिकाले नयाँ दिल्लीलाई चीनविरुद्धको खेलमा संलग्न गराउने रणनीति अपनाएको रुसको ठहर छ।

अमेरिकी विदेश मन्त्री ब्लिन्केनले भने क्वाड गठबन्धन सैन्य गठबन्धन नभएको दाबी गरेका छन्। गठबन्धनको उद्देश्य क्षेत्रीय चुनौतीहरूमा सहयोगलाई अगाडि बढाउनु र अन्तर्राष्ट्रिय नियम र मूल्यलाई बलियो बनाउनु रहेको उनले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ