arrow

भारतको जम्मु काश्मीरमा सोलार सडक बत्ती जडान गरिने

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २८ बिहिबार
kashmir-road-solar-light.jpg
फाइल तस्बिर

श्रीनगर। भारतमा नवीकरणीय ऊर्जा मन्त्रालयले जम्मु काश्मीरमा सोलार सडक बत्तीहरू जडान गर्ने भएको छ। नवीकरणीय ऊर्जा मन्त्रालयले जम्मु काश्मीरमा उन्नाइस हजार सोलार सडक बत्तीहरू उपलब्ध गराएको हो।

केन्द्र सरकारले जम्मु काश्मीरमा सडक बत्तीको लागि बयालिस करोड रुपैयाँ आर्थिक सहायता गरेको हो। जसमा जम्मु काश्मीर स्थानीय सरकारले ५ दशमलव ७८ करोड खर्च गर्ने भएको छ। कुल ४७ दशमलव ८४ करोड रुपैयाँ लागतमा जम्मु काश्मीरमा सोलार सडक बत्तीहरू जडान गर्ने तयारी छ।

यो योजना जम्मु काश्मीर ऊर्जा विकास एजेन्सी र विज्ञान तथा प्रविधि विभागले कार्यान्वयन गर्नेछन्।

जम्मु काश्मीरमा प्रत्येक जिल्लामा नौ सय पचास वटा सोलार सडक बत्ती जडान गरिनेछ। स्वचालित यी सोलार सडक बत्तीहरू साँझदेखि बिहानसम्म बालिने र यसलाई अन अफ गर्नुपर्ने आवश्यकता नरहने बताइएको छ।

यी सोलार सडक बत्तीहरूबाट वर्षमा ८ दशमलव ४ युनिट ऊर्जा खपत बचत हुने र वार्षिक ६१ दशमलव ३२ लाख रुपैयाँ बचत हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ