arrow

अफगानिस्तानका पार्टीहरूलाई ईयूको चेतावनी : हिंसात्मक रूपमा सत्ता कब्जा गर्दा वित्तीय कटौती हुन्छ

logo
एजेन्सी
प्रकाशित २०७८ साउन २८ बिहिबार
Europe.svg_.png
फाइल तस्बिर

ब्रसेल्स। युरोपेली संघले बुधवार तालिबान र अफगानिस्तान सरकारलाई देशमा हिंसात्मक रूपमा सत्ता कब्जा गर्दा अफगानिस्तानलाई अन्तर्राष्ट्रिय रूपमा अलग गरिने र वित्तीय सहायता पनि कटौती हुने चेतावनी दिएको छ।

युरोपेली विदेश कार्य सेवाका उपमहासचिव एनरिक मोराले दोहामा अफगान वार्ता टोलीहरूसँगको भेटवार्ताका क्रममा उक्त कुरा बताएको रुसी सञ्चारमाध्यम स्पुतनिकले जनाएको छ।

ईयूको विदेश कार्य सेना विभागका अनुसार मोराले एक इस्लामिक इमिरेटको पुनः स्थापना वा सत्तामा सैन्य कब्जाले अन्तर्राष्ट्रिय समुदायद्वारा अफगानिस्तानको मान्यता र अलगावको लागी नेतृत्व गर्ने र दाताहरूले पनि आर्थिक सहयोग प्रदान गर्न बन्द गर्ने दोहोर्‍याएका छन्।

विभागका प्रवक्ताले विदेशी सहायता जारी राख्नको लागी दुवै पक्षले राजनीतिक वार्ताको माध्यमबाट द्वन्द्वको समाधान गर्नुपर्ने जनाइएको छ।

इन्निक मोराले अफगानिस्तान प्रतिनिधिहरूसँग छुट्टै बैठकको अनुरोध गरेका छन्। ताकि अन्तर अफगान वार्ताको प्रगति र अफगानिस्तानको स्थानीय स्थितिको मूल्याङ्कन गर्न सकिने स्पुतनिकले ईयू प्रवक्तालाई उदृध गर्दै जनाएको छ।

यसबिच अफगानिस्तानमा नयाँ क्षेत्रहरू कब्जा गरेपछि तालिबानले दमनकारी कानुनहरूलाई पुनः लागु गरेको छ। इस्लामी सरिया कानुनको आफ्नो संस्करण लागु गरिएको छ।

तालिबानले महिलाहरूलाई टाउकोदेखि पैतालासम्म ढाक्न बाध्य पार्दै छ, उनीहरूलाई घर बाहिर काम गर्न प्रतिबन्ध लगाएको छ, किशोरीहरूलाई शिक्षाबाट वञ्चित गरिएको छ, महिलाहरूलाई घर छोड्दा परिवारको पुरुष सदस्य हुनै पर्ने प्रावधान राखिएको छ। 

फरियाबको केही भागमा तालिबानले पसलहरूमा महिलाहरूलाई सामान बेच्न प्रतिबन्ध लगाएको छ। अमेरिकाले आफ्नो सेना फिर्ता गर्ने घोषणा गरेसँगै तालिबानी समूहले आक्रमणलाई तीव्रता दिनुका साथै विभिन्न क्षेत्रहरू कब्जा गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ