arrow

भारतमा फेरी बढे संक्रमित

logo
एएनआई,
प्रकाशित २०७८ साउन २८ बिहिबार
corona-india-test5.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ संक्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ संक्रमित थपिएका थिए । 

केही दिन अगाडिसम्म दैनिक संक्रमितको सङ्ख्या घट्दै गएकोमा अहिले फेरि बढ्न थालेको देखिएको हो ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले ४६ दिनदेखि भारतमा दैनिक संक्रमितको सङ्ख्या ५० हजारभन्दा कम रहेको जनाएको छ । 

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८७ हजार ९८७ पुगेको मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो एक दिनमा भारतमा ३९ हजार ६९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् ।

एउटै समयमा नयाँ संक्रमितको सङ्ख्याभन्दा संक्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय अवस्थामै रहेका संक्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।   भारतमा अहिले ९७.४५ प्रतिशत मानिस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल सङ्ख्या भने तीन करोड १२ लाख ६० हजार ५० पुगेको छ । 

सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४८ करोड ७३ लाख कोरोना परीक्षण गरिएको छ । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्धको ५२ करोड ३६ लाख डोज खोप लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ