- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। तालिबानले अफगानिस्तानमा दशौं प्रान्त कब्जा गरेको छ । हप्ता दिन यता नै तालिबानले थुप्रै प्रान्तीय राजधानी कब्जा गरिसकेको छ । दशौं प्रान्तका रूपमा गजनी प्रान्त बिहीबार कब्जा गरेको हो ।
यसबीच अफगान सरकार तालिबानसँग सत्ता साझेदारीका लागि तयार भएको अल जाजिराले जनाएको छ । सरकारी स्रोतले दिएको जानकारी अनुसार अफगान सरकार तालिबानसँग सत्ता साझेदारी गर्न तयार भएको हो ।
अफगान शान्ति सम्झौताको होस्ट कतारले यो प्रस्ताव अघि सारेको बताइएको छ ।