arrow

कोभिड१९ खोपको तेस्रो डोज लगाउन अमेरिकाले दियो अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
Covid-vaccine-corona.jpg

काठमाडौं । अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)ले कोरोना भाइरसविरुद्धको खोपको बुस्टर डोजका लागि अनुमति दिएको छ । कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूलाई मोडर्ना र फाइजरको तेस्रो डोज लगाउन एफडीएले अनुमति दिएको हो ।

इजरायल र जर्मनीलगायतका अन्य देशहरूले कोरोना भाइरसविरुद्धको खोपको तेस्रो डोज दिइसकेको एवं दिने तयारी गरेका छन् । कोरोना भाइरसको डेल्टा भेरिअन्टको सङ्क्रमण बढ्दै गएपछि यसबाट जोगिन बुस्टर अर्थात् प्रतिरक्षा प्रणाली बढाउन तेस्रो डोज दिन थालिएको हो ।

यद्यपि, वैज्ञानिकहरू बुस्टर डोज दिने विषयलाई लिएर विभाजित छन् । यसले प्रतिरक्षा प्रणालीलाई फाइदा पुर्‍याउने या नपुर्‍याउने विषयलाई लिएर वैज्ञानिकहरू विभाजित रहेका हुन् ।

फाइजरले बायोएनटेकसँग मिलेर बनाएको खोपको प्रभावकारिता दोस्रो डोज लगाएका ४ महिनापछि ९६ प्रतिशतबाट ८४ प्रतिशतमा झरेको बताएको छ । मोडर्नाले पनि डेल्टा भेरिअन्ट विरुद्ध बुस्टर डोज आवश्यक पर्ने बताएको छ । 

यसबिच बिहीबार अमेरिकी स्वास्थ्य नियामकले तेस्रो अथवा बुस्टर डोज लगाउनका लागि आपतकालिन अनुमति दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ