arrow

ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई घरमै गएर खोप लाउन सर्वोच्चको अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
supreme-court-long.jpg

काठमाडौँ । सर्वोच्च अदालतले खोप केन्द्रमा जान नसक्ने जेष्ठ नागरिकसहित दीर्घ रोगीहरू तथा फरक क्षमता भएका नागरिकलाई घरमै पुगेर कोभिड-१९ विरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । 

जेष्ठ नागरिकलाई खोप लगाउने सहज वातावरण बनाउन भन्दै प्रवेश केसीले दायर गरेको रिटमा न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासले घरमै गएर खोप लगाउने व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको हो । 

सर्वोच्चको अन्तरिम आदेशमा खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, बिस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका र दुवै आँखा नदेख्नेहरूलाई घरमा नै पुगेर खोप लगाउने व्यवस्था गर्न भनेको हो । 

‘खोप केन्द्रमा जान असमर्थ जेष्ठ नागरिक, बिस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि राज्यले वडा स्तरबाट लगत सङ्कलन गरी वा उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घर-घरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउने कार्यक्रम र मनासिक समय र तालिका तर्जुमा गरी सोको उपयुक्त सूचना प्रवाह गरी कार्यक्रम सञ्चालन गर्नु गराउनु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ