arrow

काँग्रेस बैठक बुढानीलकण्ठ होइन, सानेपामा राखौँ : डा. शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
shekhar2.jpg

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको बैठक सभापति निवासमा नभएर पार्टी कार्यालय सानेपामा नै राख्न माग गरेका छन् । शुक्रवारको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै कोइरालाले पार्टीको बैठक पार्टीकै कार्यालयमा गर्नु पर्ने भनेका हुन् । हाल पार्टी कार्यालयमा धर्ना भएको भन्दै काँग्रेसका हरेक जसो बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा राख्दै आइएको छ ।

नेता कोइरालाले उनले धर्नामा बसेकाहरू आफ्नै पार्टी नेता कार्यकर्ता भएकाले धर्नालाई देखाएर बैठक बाहिर राख्नु ठिक नहुने बताए ।उनले धर्नामा बसेकाहरूको आवाज सुन्नु पार्टी नेतृत्वको कर्तव्य भएको भन्दै उनले १३औँ महाधिवेशनका क्रममा समेत यस्ता घटना भएको उल्लेख गरे । 

‘१३औँ महाधिवेशनमा पनि पार्टी कार्यालयमा धर्ना थियो, केन्द्रीय सदस्य साथीहरू नै धर्नामा हुनुहुन्थ्यो, तर बैठक त्यही भएको थियो, अहिले पनि हाम्रै साथीहरू त्यहाँ धर्नामा हुनुहुन्छ, उहाँहरूका कुरा सुनौँ, बैठक सानेपामा नै गरौँ,’ नेता कोइरालाले बैठकमा धारणा राख्दै भने । 

उनले प्रधानमन्त्री देउवालाई सरकार सञ्चालनमा ध्यान कम गएको र मन्त्रीपरिषद् विस्तारमा किन ढिलाइ गरिरहेको भन्दै प्रश्नसमेत गरे । उनले क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान नभएसम्म महाधिवेशन हुन नसक्ने हुँदा छिटो टुङ्गाउने तर्फ समेत ध्यान दिन देउवालाई आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ