arrow

तेस्रो लहरको आकलन गर्दै गृहले दियो निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २९ शुक्रबार
corona-variant.jpg

काठमाडौँ । गृह मन्त्रालयले देशभरका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि  तेस्रो लहरको सम्भावनालाई ध्यान दिँदै  मन्त्रालयले यस्तो निर्देशन दिएको हो । 

कोभिड-१९ को दोस्रो लहरमा एक्कासि बढेको सङ्क्रमितको सङ्ख्याले तेस्रो लहरको सम्भावनालाई नकार्न नसकिने परिस्थितिको आङ्कलन गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाई तथा स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुरोध अनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड-१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । 

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ