arrow

अवरुद्ध भीमदत्त राजमार्ग खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३० शनिबार
pahiro-doti-ghigrana-sadak.jpg
फाइल तस्विर।

डोटी। लगातारको वर्षाका कारण पहिरो आउँदा अवरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग पुनःसञ्चालन भएको छ । शुक्रवार साँझ डोटीको गैरा तथा डडेलधुराको साहुँखर्क अन्तर्गत पर्ने उक्त राजमार्गको कटाल भन्ने ठाउँमा पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियो । 

अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर, प्रहरी तथा स्थानीय नागरिकको सहयोगमा आज बिहान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राजमार्ग सञ्चालनसँगै गए रातिदेखि जाममा परेका सवारी साधन अहिले आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए । 

राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्लाको यातायात सेवा गए रातिदेखि बन्द भएको थियो । उक्त राजमार्गका विभिन्न स्थानमा रहेका सडकका मोड विस्तार तथा फराकिलो बनाउने काम भइरहेकाले सामान्य वर्षा हुँदासमेत पहिरो जाने गरेका कारण पटक पटक अवरुद्ध हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ