arrow

हवाई आक्रमण गरेर हाम्रा दुस्मनलाई नयाँ भारत उदयको सन्देश दिएका छौँ- नरेन्द्र मोदी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
Modi-.jpg

काठमाडौं । भारतको ७५ ओं स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्किजल र हवाई आक्रमणले आफ्ना (भारतका) दुस्मनलाई भारतको नयाँ उदयको सन्देश दिएको बताएका छन् ।

उनले भने, 'सर्किजल स्ट्राइक र हवाई हमला गरेर, हामीले हाम्रा दुस्मनहरूलाई नयाँ भारतको उदयको सन्देश दिएका छौँ। यसले यो पनि बताउँछ कि भारतले कडा निर्णय लिन सक्छ ।'

यस्तै आतङ्कवाद र विस्तारवादको चुनौतीहरु विरुद्ध भारत साहसीरुपमा लगिरहेको समेत भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।

यस्तै उनले सयौँ स्वतन्त्रता दिवसमा आत्मनिर्भर भारतको लक्ष्य पूरा गरिसक्नु पर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नयाँ भारतको विकासका लागि सबैको प्रयास, सबैको साथ, सबैको विकास र सबैको विश्वासका साथ अघि मोदीको भनाइ छ ।

यस्तै 'जल जीवन मिसन'को दुई वर्षमा झन्डै साढे चार करोड घरधुरीले पाईपलाइनमार्फत खानेपानीको सुविधा प्राप्त गरेको उनले बताएका छन् ।

२१ औं शताब्दीमा भारतको वास्तविक क्षमतामा पुग्न सबैले हातमा हात जोड्नुपर्ने उनको भनाई थियो । जम्मु, कश्मीर र लद्दाखलगायतका हिमाली भेग भारतको विकासका लागि मुख्य खम्बाकारुपमा रहने उनले बताएका छन् ।

यस्तै पछिल्लो समय गाउँहरूमा व्यापक आधुनिकीकरण एवं विकास भइरहेको उनले बताएका छन् । पछिल्लो समय कयौँ गाउँहरूमा सडक, रोडलगायतका पूर्वाधारको विकास भएको भारतीय प्रधानमन्त्री मोदीले बताएका छन् ।

गाउँ गाउँमा इन्टरनेटसमेत पुगेसँगै त्यहाँ डिजिटल उद्यमी तयार भइरहेको मोदीले बताएका छन् । यस्तै साना किसानहरूका लागि विशेष सुविधा उपलब्ध गराएर संयुक्तरुपमा विशेष बलका रूपमा स्थापना गर्ने समेत मोदीको भनाइ छ ।

पूर्वाधार निर्माण एवं विकासका लागि एक सय लाख करोड भारतीय रुपैयाँ बराबरको 'प्रधानमन्त्री गति शक्ति राष्ट्रिय मास्टर प्लान' अघि सार्ने घोषणा समेत मोदीले गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ