arrow

काबुलमा तालिवानको प्रवेश, दूतावासबाट हेलिकप्टरमा एयरपोर्ट पुर्‍याइए अमेरिकी कूटनीतिज्ञ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
taliban.PNG

काठमाडौं। तालिवानले अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गर्न सुरु गरेको त्यहाँको आन्तरिक मन्त्रालय र सैन्य समूहले बताएको छ । 

आइतबार जलालाबादको मुख्य सहर नियन्त्रण गरेसँगै तालिवानले काबुलमा प्रवेश गर्न सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा जनाइएको छ ।

यसबीच अमेरिकी दूतावासमा रहेका कूटनीतिज्ञ एवं कर्मचारीहरू हेलिकप्टरबाट निकालेर विमानस्थल पुर्‍याइएको जनाइएकाे छ ।

अफगानिस्तानका एक उच्च अधिकारीले सबैतिरबाट तालिवानले प्रवेश गरिरहेकाे बताएका छन् । तर, थप जानकारी पाइएको छैन, अफगान सरकारले स्थिति नियन्त्रणमा रहेको बताएकाे छ ।

दाहोमा रहेका तालिबानका लिडरले काबुल छोड्न चाहनेहरूलाई सुरक्षीतरुपमा छोड्न लडाकुहरूलाई आदेश दिएको बताएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घनी सरकारले जवाफी आक्रमण गर्छ या गर्दैन भन्नेबारे स्पष्ट जानकारी आउन नसकेको बताइएको छ ।

तालिबान समूहले लडाकुहरू काबुलमा प्रवेश गरिसकेको तर हिंसा नमच्चाउने भन्दै नागरिकहरूलाई शान्त रहन आग्रह गरेको छ ।

यस्तै तालिबानले जबरजस्तीरुपमा काबुल कब्जा नगर्न समेत लडाकुहरूलाई निर्देशन दिइएको बताइएको छ । तालिवानले दशभन्दा बढी प्रान्तीय राजधानी नियन्त्रणमा ल्याइसकेको छ ।

यसबीच अफगानिस्तानकै राजधानी काबुलमा समेत तालिवान लडाकु प्रवेश गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ