arrow

राप्रपाले सरकारलाई भन्यो : अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढङ्गले स्वदेश फर्काऊ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
rpp-ekikaran.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढङ्गले स्वदेश फर्काउन सरकारसँग माग गरेको छ । अफगानिस्तानमा रहेका नेपालीहरूको सुरक्षाबारे चिन्तित रहेको भन्दै राप्रपाले त्यहाँ रहेका नेपालीहरूलाई सुरक्षित राख्न माग गरेको हो । 

राप्रपाका अध्यक्ष त्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित ढङ्गले स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । 

‘तालिबान विद्रोहीको आक्रमण बढ्दै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढ्दै गएको छ, यस अवस्थामा त्यहाँ रहेका नेपालीहरूको सुरक्षाबारे राप्रपा चिन्तित रहेको छ, तसर्थ अफगानिस्तानमा रहेका नेपालीहरूलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ ।’ अध्यक्ष त्रयद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ । 

वक्तव्यमार्फत नै राप्रपाले ब्रिटिस सेनाका भूतपूर्व सैनिकहरूले उठाउँदै आएका मागप्रति ऐक्यबद्धतासमेत जनाएको छ । राप्रपाले उनीहरूका माग पूरा गर्न बेलायत सरकारसँग आग्रह गर्दै त्यसका लागि आवश्यक कूटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ