arrow

कोरोना संक्रमणबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरू सबैभन्दा धेरै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
corona-variant.jpg

काठमाडौँ । नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरू सबैभन्दा बढी रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६० वर्ष माथिका व्यक्तिहरू सङ्क्रमणबाट निधन भएको हो । कूल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । 

सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्षका उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

त्यसै गरी ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छन् ।  १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्ष मुनिका ४५ र अज्ञात ७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ । भने पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ