arrow

अफगानिस्तानमा रहेका नेपालीको उद्धारको तयारी, अनलाइन रजिस्ट्रेसन शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३१ आइतबार
Pararastra-Mantralaya.jpeg

काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै सरकारले अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ ।

अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा समिति गठन गरे लगत्तै रजिस्ट्रेसन शुरु गरिएको जनाइएको छ ।

अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलन गर्ने क्रम शुरु भएकाले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण भर्न भनिएको छ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नियोगहरुसँग सम्पर्क गरिरहेको अफगानिस्तानमा रहेका नेपालीहरुलाई सम्पर्कमा आउनका लागि सूचना जारी गरिसकेको छ । काबुलमा हजार ५ सय नेपाली नागरिक रहेको सरकारले बताएको छ । धेरैजसो नेपाली त्यहाँ सुरक्षा गार्डका रुपमा कार्यरत रहेको बुझिएको छ ।

परराष्ट्र मन्त्रालयले नेपालमा रहेका अमेरिकी, बेलायती दूतावास र संयुक्त राष्ट्र संघीय निकायमार्फत पनि पहल गरिरहेको बताएको छ ।+977-9749326459 +977-9749326458 यी नम्बरहरुमा WhatsApp र Viber मा समेत सम्पर्क गर्न सकिनेछ lअनलाइन रजिस्ट्रेसन फाराम भर्न यहाँ क्लिक गर्नुहोस 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ