arrow

अमेरिकाले पाकिस्तानलाई बेवास्ता गर्न नसक्ने पाकिस्तानी विदेश मन्त्रीको भनाई

logo
एजेन्सी
प्रकाशित २०७८ साउन ३२ सोमबार
qureshi-says-america-pak.jpg
फाइल तस्बिर

इस्लामाबाद। अमेरिकाले पाकिस्तानलाई बेवास्ता गर्न नसक्ने पाकिस्तानी विदेश मन्त्रीले बताएका छन्। अमेरिकाले पाकिस्तानलाई गुमाउन र बेवास्ता गर्न नसक्ने पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरेशीले बताएका हुन्।

त्यस्तै, विश्वले प्यालेस्टाइनको मुद्दा कुल्चन नसक्ने उनले बताए। विश्वले लामो समयसम्म प्यालेस्टाइनको मुद्दा बेवास्ता गर्न नसक्ने पनि पाकिस्तानी विदेश मन्त्री कुरेशीले बताएका छन्।

अल जजीरा टेलिभिजनमा अन्तर्वार्तामा दिँदै विदेश मन्त्री कुरेशीले प्यालेस्टाइनको मुद्दा बारम्बार उठ्ने भन्दै विश्वले यसलाई लामो समय बेवास्ता गर्न नसक्ने बताएका हुन्। त्यस्तै, अमेरिका र पाकिस्तानबिच द्विपक्षीय सम्बन्धको महत्त्वबारे प्रश्नमा अमेरिकाले पाकिस्तानलाई बेवास्ता गर्न नसक्ने पनि कुरेशीले बताए। भू रणनीतिक र आकारको दृष्टिकोणले पाकिस्तान महत्त्वपूर्ण मुलुक रहेको उनले बताए।

उम्माह (इस्लामिकहरूको सामूहिक समुदाय) को इतिहास र इतिहासमा अमेरिका पाकिस्तानबिच साझेदारी रहेको पनि उनले उल्लेख गरे। अमेरिकाले पाकिस्तान गुमाउन नसक्ने र यदि यो भएको अवस्थामा अमेरिकाको ठुलो राजनीतिक गल्ती हुने विदेश मन्त्री कुरेशीले टिप्पणी गरे।

अफगानिस्तानमा गलत हुनुमा पाकिस्तान आरोपित हुन नसक्ने पनि उनले बताए। अफगानिस्तानको शान्ति तथा स्थायित्वमा पाकिस्तानले योगदान दिएको र आगामी दिनमा पनि सहयोग गरिरहने उनले थपे। अफगानिस्तानमा आन्तरिक कलह र समस्या हुनुमा पाकिस्तान जिम्मेवार नरहेको उनले बताएको नेशन डटकमले लेखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ