arrow

मलेसियाका प्रधानमन्त्रीले राजासमक्ष बुझाए राजीनामा

logo
सिन्ह्वा,
प्रकाशित २०७८ साउन ३२ सोमबार
malaysia-15.jpg

क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन्।  विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । 

उनले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन् “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।” राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् । 

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो । “प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हँुदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ”, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन् ।  

सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उन झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उन अहिले अल्पमतमा परेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ