arrow

कुलमानको नियुक्ति बदर गर्न माग गर्दै हितेन्द्र सर्वोच्चमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ३२ सोमबार
kulman_office.jpg

काठमाडौँ । आफूलाई हटाएर कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएको भन्दै हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

सर्वोच्च अदालतका सहरजिष्टार बाबुराम दहालले शाक्यले पुनर्बहाली माग गर्दै रिट दर्ता गरेको जानकारी दिए । दायर रिटमा शाक्यले घिसिङको नियुक्ति बदर गरी आफ्नो पुनर्बहालीका लागि अन्तरिम आदेश माग गरेका छन् । 

यसअघि सरकारले शाक्यसँगको सहमतिमा नै घिसिङलाई कार्यकारी निर्देशक नियुक्त गरेको बताएको थियो । तर घिसिङको नियुक्तिपछि शाक्य एकाएक अदालतको ढोका ढकढक्याउन पुगेका हुन् । 

शाक्यलाई सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा पठाएको थियो । उनलाई त्यहाँ सचिव सरहको विशेष सुविधासहित पठाइएको थियो । तर उनले संविधानसम्मत आफू नियुक्त भएको भन्दै आफ्नो अधिकार हनन भएको दायर रिटमा भनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ